लिवियाली द्वन्द्वरत समूहबीच स्थायी युद्धविरामका लागि हस्ताक्षर



लिवियाका दुई प्रतिद्वन्द्वी समूहहरूले स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पाँच दिनको वार्तापछि शुक्रवार स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका हुन्।

उनीहरूले यो कदमलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन् । त्रिपोलीमा संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारले पूर्वमा रहेको प्रतिद्वन्द्वी प्रशासनसँग संघर्ष गरिरहेको छ र शक्तिशाली सैनिक जनरल खलीफा हफ्तरको नियन्त्रण रहेको छ ।

जेनेभास्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा दुई लिबियाली प्रतिनिधिमण्डलले तत्काल लागु हुनेगरी देशव्यापी तथा स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नाटो समर्थित विद्रोहमा तत्कालिन शासक मोहमर गद्दाफीको पतन र हत्यापछि लिबिया लगभग एक दशकदेखि द्वन्द्वको घेरामा परेको छ । त्यसबेलादेखि लिविया दुई कडा विरोधी प्रशासनबीच विभाजित छ ।

तर अगस्टमा दुई सशस्त्र समूहले छुट्टै शत्रुता बन्द गर्ने घोषणा गरेपछि समाधानको आशा बढेको थियो । यद्यपि दुबै पक्षले एक अर्कालाई “आतंकवादी“ समूहलाई समर्थन गरेको आरोप लगाउन भने छाडेका छैनन् ।

यूरोपियन युनियन र लिबियाको पूर्व औपनिवेशिक शक्ति इटालीले यो सम्झौताको प्रशंसा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बन्दुकधारीको आक्रमणबाट इराकमा ११ जनाको मृत्यु

  इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा

प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री

सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय