भियतनाममा बाढीमा परी कम्तिमा ९० जनाको मृत्यु



गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरुले जनाएका छन् ।

ती अधिकारीका अनुसार भियतनाममा बाढीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको उनीहरुले बताएका हुन् । साथै ती अधिकारीहरुका अनुसार उक्त बाढी र पहिरोमा परी अरु कम्तीमा पनि ३४ जना व्यक्ति हराइरहेका छन् ।

\बाढीमा परेर सैनिक ब्यारेक समेत बगाएको बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले यसरी सैनिक ब्यारेक बगाउँदा त्यसमा रहेका सैनिकमध्ये ११ जना सैनिक बेपत्ता भएका छन् । उद्धारकर्मीहरुले हराएका ती सैनिक र अरु स्थानीयहरुको खोजी कार्य जारी नै रहेको बताएका छन् । उनीहरुको खोजी कार्य अहिले पनि जारी रहेको सोमबार बताइएको छ ।

भियतनामको मध्य क्षेत्रका कतिपय राज्यहरुमा नै असर परेको छ । जसका कारण यहाँका कम्तीमा पनि ३७ हजार घरमा क्षति पुगेको छ भने यहाँका १ लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । भियतनाममा यही अक्टोबर ६ देखि विभिन्न स्थानमा भीषण वर्षा हुँदा स्थानीय नागरिकका पाँच लाखभन्दा बढी चौपाया पनि मरेका छन् । त्यस्तै कतिपय स्थानमा पहिरोले बस्ती नै बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले

रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस