अफगानिस्तानमा तालिबान लडाकूसँग भएको भिडन्तमा सात सैनिकको मृत्यु



अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबान लडाकूहरुबीच भएको भिडन्तमा परी सात जना सैनिक मारिएका छन् ।

भिडन्तमा परी अरु कम्तीमा पनि पाँच जना तालिबान लडाकूको मृत्यु भएको एक स्थानीय अधिकारीले पुष्टि गरेका छन् । कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा भएको झडपमा परी ती सैनिक मारिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार उक्त क्षेत्रमा रहेको सुरक्षा जाँच चौकीमा ठूलो संख्यामा आएका लडाकूहरुले हातहतियारले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो । भिडन्तका क्रममा ती सैनिक मारिएका बताइएको हो ।

त्यसैगरी सो झडपका क्रममा अरु पनि केही सैनिक घाइते भएका पनि बताइएको छ । उक्त जिल्लामा केही दिनयतादेखि तालिबान लडाकूहरुले निरन्तर आक्रमण गर्दै आएका छन् । उता कतारको दोहामा अफगान सरकार र तालिबानीबीच शान्ति वार्ता जारी रहेको छ । तर पनि यता भने तालिबानीहरुले आक्रमण गर्न छोडेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली ‘भगौडा’

  मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबीच इजराइल–हमास युद्धबारे छलफल

  चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

  मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रु बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७

सुदूर अन्तरिक्षमा पृथ्वीभन्दा ठूला ६ वटा ग्रह फेला

बीबीसी । अनुसन्धानकर्ताहरूले ब्रह्माण्डमा ‘सर्वोत्कृष्ट सौर्यमण्डल’ फेला पारेको बताएका छन् । विभिन्न आकारका