बन्दुकधारीद्वारा नाइजेरियामा आठ गाउँलेको गोली हानी हत्या



नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले गोली हानेर कम्तीमा पनि आठ जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले त्यहाँको पश्चिमी एक राज्यको कादुना भन्ने स्थानमा ती गाउँलेको हत्या गरेका हुन् । त्यस गाउँमा ठूलो संख्यामा आएका बन्दुकधारीहरुले गाउँलेको हत्या गरेका समाचारमा जनाइएको छ ।

यसैबीच गएको शुक्रबार पनि सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको थियो । त्यस हिंसामा ती आक्रमणकारीहरुले १२ जनाको हत्या गरेका थिए ।

गिवा गाउँको कदाई भन्ने स्थानमा बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेका थिए । गत हप्ता पनि सोही गाउँमा नै उनीहरुले हमला गरेका थिए ।हतियारधारी आएर बन्दुकले हमला गरेका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् । ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी

  कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर

बेल्ट एण्ड रोड परियोजनाबाट पछि हट्यो इटाली

चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ

समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली ‘भगौडा’

  मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबीच इजराइल–हमास युद्धबारे छलफल

  चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको