कोरोना सङ्क्रमित बढेपछि रुसको राजधानी मस्कोमा कडाई



रुसको राजधानी मस्कोमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढ्दै गएपछि केही कडा प्रवन्धहरु लागू गरिएको छ । विषेश गरेर सवै बारहरु, क्लवहरु र नृत्य गृहहरु भित्र अपनाइनेगरी कडा प्रवन्धहरु लागु गरिएको मस्कोका मेयर सेर्गेइ सोब्यानीनले बिहीबार जानकारी दिए । त्यहाँका हरेक कर्मचारी तथा आगन्तुकहरुको सम्पर्क नम्बर लेख्नु पर्नेलगायतका व्यवस्थाहरु गरिएको उनले बताए ।

आवतजावत गरेका व्यक्तिहरुले आफ्नो आवतजावत सम्वन्धी विवरण र विषेश सम्पर्क नं. ७३७७ मा पठाउन निर्देशन पनि दिइएको छ । कुनै व्यक्तिलाई कोरोनाभाइरसको नयाँ सङ्क्रमण देखिएमा उसको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्न र उनीहरुलाई परीक्षणको दायरामा ल्याउन सजिलो हुने अपेक्षाका साथ यस्तो व्यवस्था गरिएको उनको भनाई छ ।

रुसमा पछिल्लो २४ घण्टामा मात्रै थप १३ हजार ७५४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा यो संख्या भने कम हो । अघिल्लो दिन बुधबार २४ घण्टामा १४ हजार २३१ जना सङ्क्रमित भएका थिए ।

अधिकारीहरुका अनुसार रुसमा अहिलेसम्म १३ लाख ५४ हजार १६३ जना सङ्क्रमित भएका छन् । यो विवरण देशको ८५ क्षेत्रकै हो । कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने अघिल्लो दिनको तुलनामा बृद्धि भएको छ ।

अघिल्लो दिन बुधबार २३९ जनाको मत्यु भएकोमा बिहीबार २८६ जनाको मृत्यु भएको छ । रुसमा कोरोनाका कारण अहिलेसम्म कुल २३ हजार ४९१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो एक दिनमा मात्रै रुसमा आठ हजार ३९२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका छन् । रुसमा अहिलेसम्म दश लाख ४८ हजार ९७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री

सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय

होन्डाले यो दशक दुईपाङ्ग्रे विद्युतीय सवारीमा लगानी गर्ने

  जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच