कम्प्युटरको पछाडि बसेर गरिने भर्चुअल बहस हास्यास्पदः ट्रम्प



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने बताएपछि आउँदो साता र त्यसपछि हुने तेस्रो राष्ट्रपतीय बहस समेत अन्योलमा परेको देखिएको छ । उनी र उनका डेमोक्रेट प्रतिस्पर्धी जो बाइडनबीचको निर्धारित बहस इन्टरनेटको माध्यमबाट गरिने बताइएपछि ट्रम्पले आफूलाई त्यो मान्य नहुने जनाएका छन् ।

आयोजकहरूले अक्टोबर १५ तारिखमा हुने बहसमा संलग्न सबैको ’स्वास्थ्य र सुरक्षाको निम्ति’ दुवै प्रतिस्पर्धीलाई फरक फरक स्थानबाट सहभागी गराइने बताएका छन् । त्यसबाट आक्रोशित राष्ट्रपति ट्रम्पले फक्स बिजनेश च्यानललाई दिएको फोन अन्तर्वार्तामा समय खेर फाल्न आफू त्यसमा सहभागी नहुने बताए । उनले कम्प्युटरको पछाडि बसेर गरिने भर्चुअल बहस हास्यास्पद भएको बताए ।

जो बाइडनले राष्ट्रपतिमाथि हरेक सेकेन्ड धारणा फेर्ने गरेको आरोप लगाएका छन् । उनको चुनावी अभियान समूहले ट्रम्पमाथि मतदाताको प्रश्नको सामना गर्न नचाहेको आरोप लगाएको छ ।

जवाफमा ट्रम्पका अभियानकर्ताहरूले आयोजकको निर्णयलाई ’बाइडनको प्रतिरक्षा गर्ने हतारो’ भनि टिप्पणी गरेका छन् । बरू त्यसको साटो ट्रम्पले चुनावी र्याली आयोजना गर्ने उनीहरूको भनाइ छ ।

जो बाइडनले राष्ट्रपतिको मुखबाट कति बेला के निस्किन्छ पत्तै नहुने बताए । उनका चिकित्सकले शनिवार अर्थात् कोभिड १९ बाट सक्रमित पुष्टि भएको १० औँ दिनदेखि उनी काममा फर्किन योग्य रहेको बताइसकेका छन् ।

तेस्रो बहस अक्टोबर २२ तारिखमा हुने भनिएको थियो । अमेरिकामा नोभेम्बर ३ तारिखमा राष्ट्रपतिको चुनाव हुँदैछ । ट्रम्पको समूहले त्यसको पाँच दिनअघि तेस्रो आमने सामने बहस हुनुपर्ने बताएको छ । तर बाइडनको समूहले त्यो हुन नसक्ने प्रतिक्रिया दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति डेनियल हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा

क्विटो । हालै पुनः निर्वाचित राष्ट्रपति डेनियल नोबोआ विरुद्धको कथित हत्याको षड्यन्त्रलाई लिएर

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिकोविरुद्धमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् ।

हमासको सशस्त्र शाखाद्वारा बन्धकलाई जीवित देखाउने भिडियो सार्वजनिक

गाजासिटी । हमासको सशस्त्र शाखाले शनिबार गाजामा जीवित इजरायली बन्धक हिब्रू भाषामा टेलिफोनमा

पाकिस्तान प्रहरीद्वारा केएफसी हमलामा संलग्न १६० जना पक्राउ

इस्लामाबाद । भिडले केएफसी रेस्टुरेन्टमा २० वटा छुट्टै आक्रमण गरेपछि करिब एक सय