माओत्सेतुङको बहुमूल्य पाण्डुलिपि चोरर हङ्कङमा बेचेको खुलासा



गत महिना हङ्कङमा चोरी भएको चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङको पाण्डुलिपि दुई टुक्रा पारेको अवस्थामा फेला परेको छ । चोरहरूले एक कला सङ्कलकको घरबाट उक्त बहुमूल्य सामग्री चोरेका थिए । त्यसपछि उनीहरूले त्यसलाई निकै सस्तो मूल्यमा बेचिदिए। परम्परागत कलिग्रफी अर्थात् चिनियाँ कलात्मक हस्तलिपियुक्त उक्त पाण्डुलिपि २.८ मिटर लामो थियो ।

तर देखाउन लामो हुने भएकाले सम्भवतः त्यसलाई काटेर टुक्रा पारिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उक्त सामग्रीका मालिकका अनुसार काटिएकाले त्यसको कला को मूल्य प्रभावित भएको छ । उक्त पाण्डुलिपिमा चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता माओले कविताका पङ्क्तिहरू लेखेका छन् ।

उक्त सामग्रीको बजार मूल्य झन्डै ३० करोड अमेरिकी डलर अनुमान गरिएको छ । गत सेप्टेम्बरमा तीन जनाको एउटा समूहले ख्यातिप्राप्त कलासङ्कलक फु चुनशिआओको घरबाट उक्त कृति चोरेको हो । उनीहरूले प्राचीन छाप, तामाका सिक्का र माओसँग सम्बन्धित अन्य सामग्री पनि लगेका थिए । चोरिएका सबै सामानको मूल्य ६४.५ करोड अमेरिकी डलर भएको फुको दाबी छ।

उक्त घटना हुँदा फु चीनमा थिए । चोरहरूले एउटा टुक्रा अर्का स्थानीय सङ्कलकमार्फत् एक ग्राहकलाई केवल ६४ अमेरिकी डलरजतिमा बेचेका थिए। ती ग्राहकले त्यो सामग्री नक्कली भएको भन्ठानेको द साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ ।

प्रहरीले प्रकाशित गरेको एउटा अपील देखेपछि आफूले किनेका दुवै टुक्रासहित उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । तर कसले त्यो कलात्मक सामग्रीलाई काटेको हो भन्ने स्पष्ट भएको छैन । फुले आफूसँग भएको कलात्मक र ऐतिहासिक सामग्री त्यसरी बिगारिएको देख्दा चित्त दुखेको बताए । प्रहरीले त्यो सामग्री किन्ने ४९ वर्षीय व्यक्तिलाई चोरीको सामान किनेको आशङ्कामा पक्राउ गरेको थियो । तर पछि उनी धरौटीमा छुटे । प्रहरीले एक सन्दिग्ध चोरलाई पनि समातेको छ । तर अरू दुई जना अझै फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले

रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस