किर्गिस्तानमा भएका प्रदर्शनमा ९ सय भन्दा बढी घाइते



मध्य एसियाली मुलुक किर्गिस्तानमा भइरहेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको संख्या ९११ पुगेको छ । स्वास्थ्य मन्त्रालयले यसअघि ७०० जना घाइते भएका जनाएकामा बुधबार ९११ जना घाइते भएको जानकारी दिएको हो ।

मन्त्रालयले कुल घाइते मध्ये झण्डै दुई सय जना प्रहरी पनि रहेका जनाएको छ । झडपमा परी एक जनाको मृत्यु पनि भएको छ । संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै किर्गिस्तानमा केही दिनदेखि प्रदर्शन भइरहेको छ ।

कुल घाइतेमध्ये १६९ जना पछिल्लो २४ घण्टामा घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् । घाइते भएका मध्ये ७०५ जनालाई सामान्य उपचार पछि घर पठाइएको छ भने अरुको उपचार भइरहेको छ ।

त्यसैगरी घाइते भएका मध्ये २०५ जनाको अवस्था गम्भीर रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अस्पतालमा उपचार गराइरहेका मध्ये पाँच जनालाई अति सघन कक्षमा राखेर उपचार गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री

सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय

होन्डाले यो दशक दुईपाङ्ग्रे विद्युतीय सवारीमा लगानी गर्ने

  जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच