आत्मघाती कार बम विष्फोटमा अफगानिस्तानमा कम्तिमा १७ जनाको मृत्यु
अफगानिस्तानको लोगार प्रान्तमा आत्मघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाती चालकले कार विष्फोट गराएका हुन् ।
विष्फोटमा अन्य २१ जना घाइते भएका छन् । इदका अवसरमा तालिवान विद्रोहीले तीन दिनसम्म युद्धविराम घोषणा गरेकै दिन शक्तिशाली विष्फोट भएको हो । अमेरिकाको सक्रियतामा सरकारसँग शान्ति वार्ताको तयारीमा रहेको तािलवानले विष्फोटमा आफ्नो संलग्नता नरहेको बताएको छ ।