भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार २४९ जना कोरोना संक्रमित थपिए



छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ८४ हजार नाघेको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार २ सय ४९ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको संख्या १५ लाख ८४ हजार ३ सय ८४ पुगेको वल्डोमिटरमा उल्लेख छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख २१ हजार ६ सय ११ संक्रमणमुक्त भएका छन् भने ५ लाख २७ हजार ७ सय ७० जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको संख्या ३५ हजार ३ पुगेको छ ।

यसैबीच सरकारले कोरोना सङ्क्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा ३१ अगष्ट अर्थात् भदौ १५ गतेसम्म नै लकडाउन लम्ब्याउने तर सङ्क्रमित कम भएका ठाउँमा खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।

यस्तै, अब रात्रीकालीन कर्फ्यु हटाउनुका साथै जीम र योग संस्था खोल्ने निर्णय भएको छ । तर अझै पनि ठूलो संख्यामा जमघट गर्न प्रतिबन्ध छ । राजनीतिक, सामाजिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक र धार्मिक समारोह भने अगष्ट ३१ सम्म गर्न पाइने छैन ।

शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ अगष्ट ३१ तारिखसम्मै बन्द हुनेछन् । गृह मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई यात्रा सीमित गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ