इबोलाबाट कंगोमा चार जनाको मृत्यु



अफ्रिकी राष्ट्र कङ्गोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको सङ्क्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला सङ्क्रमित छ जना फेला परेको जनाएको छ । सङ्क्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा इबोलाको सङ्क्रमण देखिएको हो ।

सङ्गठनका महानिर्देशक टेड्रोस अधानोमले आम मानिसले सामना गर्नु परिरहेका सङ्क्रामक एवम् प्राणघातक रोगहरू कोविड–१९ मात्र नरहेको यसले पुष्टि गरेको बताए । उनले कोविड–१९ महामारीका बारेमा हामी सबैको ध्यान गए पनि डब्लुएचओले मानव स्वास्थ्यमा जोखिम निम्त्याइरहेका अरु रोगतर्फ पनि ध्यान दिइरहेको बताए । सन् १९७६ मा पहिलोपटक इबोला देखिएदेखि हालसम्म यो एघारौँ पटक देखिइसकेको छ ।

उनले इबोला फैलिएको क्षेत्रमा विशेषज्ञ सहितको टोली पठाउन लागिएको पनि जानकारी दिए । डब्लुएचओले यसअघि नै एमबान्डाकामा स्वास्थ्यकर्मीको टोली पठाइसकेको र कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कङ्गोमा इबोला देखिनुको अर्थ इबोला भाइरस कङ्गोका जङ्गली जनावरमा अझै रहेको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक

रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको