ट्रम्पले सामाजिक सञ्जालमा प्रकाशित सामग्रीबारे पाइरहेको कानुनी उन्मुक्तिलाई पारिदिए सीमित



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सामाजिक सञ्जाल कम्पनीले प्रकाशित सामग्रीबारे पाइरहेको कानुनी उन्मुक्तिलाई सीमित पारिदिएका छन् । आफ्ना दुई ट्वीटले भ्रम सिर्जना गर्नसक्ने भन्दै ट्विटरले तथ्यजाँच गर्न प्रयोगकर्ताहरूलाई सुझाव दिएपछि ट्रम्पले सो आदेशमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पले फेसबुक, ट्विटर र गुगल लगायतका कम्पनीहरूले ’छाडा शक्ति’ पाएको आरोप लगाएका छन् । सो शक्तिको भरमा उनीहरूले मानिसहरूको विचारलाई सीमित पार्न खोजेको भन्दै ट्रम्पले त्यसलाई रोक्न चाहेको बताए । ट्रम्पले बारम्बार सामाजिक सञ्जालहरूले एउटा पक्षको विचारलाई नियन्त्रण गरेको आरोप लगाउँदै आएका छन् ।

बुधवार ट्रम्पले ट्विटरलाई चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए । अहिलेको अमेरिकी कानुन अनुसार सामाजिक सञ्जाल कम्पनीहरू सामान्यतस् प्रयोगकर्ताले लेखेका कुराप्रति जिम्मेवार हुँदैनन् । तर प्रकाशित कुनै कुरा गैरकानुनी भए तर्कसङ्गत ढङ्गबाट प्रतिबन्ध लगाउन भने सक्छन् । आदेशमा भनिएको छ, यदि प्रयोगकर्ताका सामग्रीलाई सामाजिक सञ्जालले सम्पादन गर्छन् भने हालको कानुनी उन्मुक्ति लागु हुँदैन ।

ट्रम्पले ’कपटी’ ढङ्गबाट सामग्री प्रतिबन्धित गर्ने र हटाउने कुरालाई उन्मुक्ति दिन नहुने बताए । रिपब्लिकन सांसद् मार्को रूबिओ प्रकाशित सामग्रीहरू तथ्यजाँच गर वा नगर भन्दा सामाजिक सञ्जालहरू वितरक मात्रै होइन, प्रकाशक हुने ठान्छन् ।

यसलाई अझ अगाडि बढाइए ती कम्पनीहरूलाई निकै ठूलो मार पर्नसक्छ । तर यस आदेशलाई अदालतमा चुनौती दिइने ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।