कोरोना संक्रमितको सङ्ख्या विश्वभर ५० लाख नाघ्यो



संसारभरि कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको सङ्ख्या ५० लाख पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ । कोरोनाभाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ३ लाख २८ हजार भन्दा बढी छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले बुधवार संसारभरि एक लाख ६ हजार जनामा सङ्क्रमण पुष्टि भएको बताएको थियो । यो एकै दिन पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो । अहिलेसम्म अमेरिका, रुस, ब्रजिल र वेलायतमा सर्वाधिक सङ्क्रमित छन् ।

एशियामा भारत सबैभन्दा बढी प्रभावित देखिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कम र मध्यम आय भएका देशहरूमा सङ्क्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो दश लाख सङ्क्रमण दुई हप्ताभन्दा कम समयमा भएको तथ्याङ्कले देखाउँछ । विज्ञहरूले सङ्क्रमितको कुल सङ्ख्या परीक्षणको अभावमा कम देखिएको हुन सक्ने बताउँदै आएका छन् ।

डा. टेड्रोसले भने, ‘विगत २४ घण्टामा एक लाख ६ हजार वटा सङ्क्रमण पुष्टि भएका छन् जुन एकै दिनमा देखिएको सर्वा्धिक सङ्ख्या हो।’ उनले यो महामारी अझै लामो समय चल्न सक्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे