प्रधानमन्त्री साहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई


काठमाडौँ । बालेन साहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले बधाई ज्ञापन गरेको छ ।

प्रधानमन्त्री साहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले उनीप्रति बधाई ज्ञापन गरेको काठमाडौँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले दिएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको बताएकी छन् ।