पाकिस्तानमा हिमपात र वर्षाका कारण कम्तीमा ८० जनाको मृत्यु



पाकिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा ८० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ६० जनाभन्दा बढी पाकिस्तान प्रशासित कश्मीरमा मारिएका थिए।

कश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएका छन्। अफगानिस्तानमा गत तीन दिनमा हिमपातका कारण २४ जनाको ज्यान गएको बताइएको छ।

त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन पुगेका छन् र केही विवरणमा जनाइएअनुसार मृत्यु हुनेको सङ्ख्या अझै धेरै हुन सक्छ।

पाकिस्तानको नीलम उपत्यका सबभन्दा धेरै प्रभावित भएको छ। त्यहाँ कैयौँ मानिस फसेका छन्। उक्त क्षेत्रमा प्राकृतिक विपद् आइपरिरहने भए पनि यसपटकको विपद् निकै समययताको घातक मानिएको छ।

खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको छ भने भारत र अफगानिस्तानमा पनि प्रभाव परेको छ। पाकिस्तानको बलोचिस्तानमा २० जनाको ज्यान गएको बताइएको छ।

छिमेकी अफगानिस्तानमा पनि बाक्लो हिमपातका कारण २४ जनाको ज्यान गएको पुष्टि भएको छ। तीमध्ये अधिकांश विगत तीन दिनमा मारिएका थिए।

हिमपातपछि काबुललाई उत्तरी क्षेत्रसँग जोड्ने सालाङ पास बन्द गरिएको छ। भारत प्रशासित कश्मीरमा ८ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई सफाइ

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको

युक्रेनमा आँधीका कारण १२ जनाको मृत्यु

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको

गाजामा मानवीय युद्धविराम थप लम्ब्याइने

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा

गाजामा भोकमरीको सङ्कट उच्च

  गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका