अमेरिकाद्वारा चीनमाथि लगाएको मुद्रा अवमूल्यनको आरोप फिर्ता



अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई ‘मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र’ भनी लगाएको आरोप फिर्ता लिएको छ।

अमेरिकाले सो निर्णयको पछाडि आफ्नो उत्पादन सस्तो देखाउन आफ्नो मुद्राको अवमूल्यन नगर्ने चीनको प्रतिबद्धता रहेको बताइएको छ।

चीन र अमेरिकाबीच व्यापारिक तनाव कम गर्नका लागि एउटा प्रारम्भिक सम्झौता हुनुभन्दा दुई दिन अघि अमेरिकाले त्यस्तो घोषणा गरेको हो।

गत अगस्टमा अमेरिकाले चीनलाई सो आरोप लगाएको थियो। यो आरोपपछि सेयर बजार ओरालो लागेको थियो। यो हप्ता हुने व्यावसायिक सम्झौताका कारण अमेरिकाको सेयर बजार उच्च विन्दुमा पुगेको छ।

अमेरिका र चीनले सम्झौतामा यसै हप्ता हस्ताक्षर गर्ने सम्भावना छ। सन् २०१८ देखि सीमा शुल्कलगायतका विषयमा एकअर्काको विरुद्ध उभिएका अवस्थामा तनाव कम गर्न यो सम्झौता गर्न लागिएको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि पटकपटक आफ्नो देशमा उत्पादन भएका वस्तुको बजार भाउ कम देखाउन चिनियाँ मुद्राको मूल्य घटाएको आरोप लगाउँदै आएका छन्। तर सोमवार अमेरिकाले गत अगस्ट महिनाबाट चिनियाँ मुद्रा युआनको मूल्य बढ्दै गएको बताएको छ।

आफ्नो मुलुकको उत्पादन क्षेत्रमा चीनले प्रभाव पारेको आरोप लगाउँदै आएका ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनका बेला चीनलाई मुद्रा अवमूल्यन गरेको आरोप लगाउने प्रतिबद्धता जनाएका थिए।

तर राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरे पछि भने उनी त्यो विषयमा नरम देखिए। सन् १९९४ यता अमेरिकाले आधिकारिक रूपमा पहिलोपटक कुनै देशलाई मुद्रा अवमूल्यनको आरोप लगाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु

  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर

प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद भवनको उद्घाटन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो

न्यु मेक्सिकोमा मोटरसाइकल र्यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु

अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा आयोजित वार्षिक मोटरसाइकल र्यालीमा गोली चल्दा