ट्रम्पले भने -क्षेप्यास्त्र प्रहारपछि इरान तल पर्‍यो



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इरान तल परेको जस्तो देखिएको बताएका छन्।

ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् सम्बोधन गर्दै ट्रम्पले इरानी आक्रमणमा अमेरिकी वा इराकी नागरिकहरूको मृत्यु नभएको र अमेरिकी सैन्य आधार शिविरहरूमा पनि खासै क्षति नभएको बताएका हुन्।

आफ्ना एकजना सैन्य जेनरलको हत्याको बदला लिन भन्दै इरानले बुधवार इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

इरानले इराकस्थित एर्बिल र अल असदमा रहेका त्यस्ता शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरको बताइएको छ। उक्त हमलालाई इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईले अमेरिकाकी मुखमा हानिएको थप्पड भनेका थिए।

ट्रम्पले चाहिँ उक्त हमलाले इरान तल परेको र त्यो सबै सम्बन्धितहरूका लागि राम्रो भएको बताए। यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इरानी सैन्य जेनरल कासिम सुलेमानी मारिएपछि अब अमेरिकी नागरिकहरू सुरक्षित भएको बताएका छन्।

सीबीएस न्यूजसँगको एउटा अन्तर्वार्तामा उनले इरानले उसको मिलिसियालाई अमेरिकी लक्ष्य र उसका नागरिकमाथि हमला नगर्न भनेको गुप्तचरी सूचना अमेरिकाले पाएको थियो भनेका छन्।

त्यसको केही समयअघि अमेरिकी सेनाका प्रमुखले अहिले नै इरानले अमेरिकी स्वार्थमाथि थप हमला गर्छ कि गर्दैन भनेर बताउनु निकै हतार हुने बताएका थिए।

अमेरिकी सेनाका संयुक्त प्रमुख जेनरल मार्क मिलीले भनेका छन्- बुधवार इरानले गरेको बलिस्टिक क्षेप्यास्त्र हमलाको उद्देश्य अमेरिकी नागरिकहरूलाई मार्नु, सैन्य उपकरणहरूमा क्षति पुर्‍याउनु र इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा नोक्सान गर्नु रहेको थियो।

तर अझै पनि व्यावसायिक गुप्तचरहरूले इरानको पूर्ण उद्देश्यबारे विश्लेषण गरिरहेको मिलीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा

नासाको भोएजर अन्तरिक्ष यानद्वारा पृथ्वीमा इन्जिनियरिङ अद्यावधिक पठाउन पुनः सुरु

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि पहिलो पटक भोएजर–१ अन्तरिक्ष यानले आफ्नो जहाजको

जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

  सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप