इराकस्थित अमेरिकी दूतावासमा आक्रमण गराएको भन्दै डोनल्ड ट्रम्पले दिए इरानलाई धम्की



इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरान संलग्न रहेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै क्षति भए इरानले ‘ठूलो मूल्य’ चुकाउनुपर्ने धम्की दिएका छन्।

आइतवार अमेरिकाले इराक र सिरियामा गरेको हवाई आक्रमणमा केही लडाकुको मृत्यु भएपछि प्रदर्शनकारीहरूले अमेरिकी दूतावासमा आक्रमण गरेका हुन्।

नववर्ष २०२० को पूर्वसन्ध्यामा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै ट्रम्पले दूतावासमा आक्रमणका कारण कसैको मृत्यु भए वा कुनै पनि किसिमको क्षति पुगे इरानले ठूलो मूल्य चुकाउनुपर्ने ‘धम्की’ दिएका छन्। ट्वीटमा ट्रम्पले लेखेका छन्, “…यो चेतावनी होइन, धम्की हो।”

अमेरिकी रक्षामन्त्री मार्क एस्परले सो क्षेत्रमा तत्काल ७५० सैनिक परिचालित गरिने बताए। “संयुक्त राज्यले संसारभरि जुनसुकै ठाउँमा पनि आफ्ना नागरिक र स्वार्थको रक्षा गर्छ,” उनले ट्विटरमा लेखे।

क्रुद्ध प्रदर्शनकारीहरूले अमेरिकी दूतावासमा सुरक्षाकर्मी बस्ने चौकी जलाएका थिए। उनीहरू दूतावासभित्र आगन्तुकलाई स्वागत गरिने क्षेत्रसम्म पुगेपछि अमेरिकी सैनिकहरूले अश्रुग्यास प्रहार गरेका थिए।

इरानले ट्रम्पले लगाएको आरोपको खण्डन गरेको छ। उसले त्यस्तो दाबी गर्ने अमेरिकी “धृष्टता”को निन्दा गरेको छ।

अमेरिकाले निसाना बनाएको लडाकु समूह कताइब हेज्बुलालाई इरानले समर्थन गरेको बताइन्छ। आइतवार गरिएको हवाई आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोजाम्बिकका दुई तिहाइ नागरिक इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी

करिब तीन हजार अफगान शरणार्थी इरानबाट स्वदेश फिर्ता

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको

फिलिपिन्समा रेडियो पत्रकारको गोली हानी हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय

काजाकिस्तानले तेल अविवमा धार्मिक सम्मेलन आयोजना गर्ने

काजाकिस्तानले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ