दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बेलायती प्रधानमन्त्रीको भनाई



बोरिस जोनसनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले यूकेको आमनिर्वाचनमा ‘ऐतिहासिक’ विजय प्राप्त गरेपछि उनले दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बताएका छन्।

एक सिटको नतिजा आउन बाँकी रहँदा जोनसनको पार्टीले आवश्यक बहुमतभन्दा ७७ सिट बढी जितिसकेको छ।

लण्डनमा बोल्दै जोनसनले यस जितलाई अर्को महिना कुनै किन्तु र परन्तुविना ईयूबाट यूकेलाई अलग्याउने जनादेश बताएका छन्।

आफ्नो आधारक्षेत्रमा पराजित भएपछि लेबर पार्टीका जेरेमी कोर्बिनले अर्को निर्वाचनमा आफूले नेतृत्व नगर्ने बताएका छन्।

विजय सम्बोधनमा जोनसनले कार्यकर्ताहरूलाई ‘हामीले गर्यौँ’ भन्दै यस नतिजाले देशको लागि नयाँ बिहानी सुरु भएको बताए।

उनले लेबर मतदाताहरूले पहिलोपटक कन्जर्भेटिभ पार्टीलाई मत हालेकोमा धन्यवाद दिँदै आफूले ‘नागरिकको सरकार’को नेतृत्व गर्ने र आफूलाई दिइएको ‘पवित्र विश्वास’लाई न्याय गर्ने बताए।

“तपाईँहरूले अर्को निर्वाचनमा लेबरलाई मत हाल्ने सोचिरहनु भएको होला। यदि यस्तो हो भने तपाईँले मलाई दिनभएको विश्वासलाई नमन गर्छु र तपाईँहरूको समर्थनलाई हल्कारूपमा लिन्न।”

“म दिनरात मेहनतले काम गरेर तपाईँको मलाई मत हाल्ने निर्णयलाई सही प्रमाणित गर्छु र अर्को पटकलाई समर्थन पाउने प्रयास गर्छु,” उनले भने।

“मानिसहरूले परिवर्तन चाहेका छन्… हामीले उनीहरूलाई निराश बनाउन हुन्न।”

जोनसनले भने: “हामीले ज्यानुअरी ३१ सम्ममा ब्रेक्जिट सक्नेछौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ

बेलायतले शरणार्थीलाई अब सैन्य अखडामा राख्ने

बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल

आणविक हतियारको संख्यामा बृद्धि

एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख््यामा

‘कृत्रिम बौद्धिकताको व्यापकता’ रोक्न मस्कको आग्रह

अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली ‘कृत्रिम बौद्धिकता (एआई) को व्यापकता’ को