ग्रेटा टून्बेर्ग टाइम म्यागेजिनको पर्सन अफ दि इयर घोषित



जलवायु परिवर्तनबारेको विश्वव्यापी अभियानमा प्रेरणादायी पात्र बनेकी १६ वर्षीया स्कुले किशोरी ग्रेटा टून्बेर्ग टाइम म्यागेजिनको सन् २०१९ को पर्सन अफ दि इयर (वर्ष व्यक्ति) घोषित भएकी छन्।

सन् १९२७ यताको वर्ष व्यक्ति घोषणा गर्ने म्यागेजिनको परम्परामा यी स्वीडिस युवती त्यसरी छानिएकी सबैभन्दा कान्छी व्यक्ति हुन्। घोषणा हुनुअघि उनी म्याड्रिडमा चलिरहेको संयुक्त राष्ट्रसङ्घको एउटा जलवायु सम्मेलनमा बोलिरहेकी थिइन्।

जहाँ उनले नेताहरूलाई सच्चा काम नगर्ने तर त्यसलाई ढाक्न अनेक सिर्जनशील तरिका अपनाउने गरेको भन्दै त्यस्तो प्रवृत्ति त्याग्न आग्रह गरेकी थिइन्। आउँदो दशक यस ग्रहको भविष्यबारे निर्णायक हुने उनले बताइन्।

गतवर्ष यी किशोरीले प्रत्येक शुक्रवार आफ्ना कक्षाहरू छाड्दै स्वीडिस संसदबाहिर धर्ना बसेर एउटा वातावरण सम्बन्धी हड्ताल सुरु गरेकी थिइन।

त्यसले सामाजिक सञ्जालमा #FridaysForFuture शब्दावलीलाई एउटा चर्चित विश्वव्यापी अभियान नै बनाएको थियो। त्यसयता उनी जलवायु परिवर्तनबारे काम हुनुपर्ने भन्ने भनाइको बलियो स्वर बनेकी छन्।

उनको अभियानले खासगरी दशौँ लाख विद्यार्थीहरूलाई विश्वभर प्रदर्शनमा उत्रन प्रेरणा दिएको थियो। यो वर्षको सुरुमा उनी नोबेल शान्ति पुरस्कारका लागि समेत मनोनयनमा परेकी थिइन्।

म्याड्रिड सम्मेलनमा आउने क्रममा उनले कार्बन उत्सर्जनलाई छल्न भन्दै हवाईजहाज यात्राको विकल्पमा न्यूयोर्क शहरबाट डुङ्गामार्फत् आन्ध्र महासागर काटेकी थिइन्।

सेप्टेम्बरमा न्यूयोर्कमा भएको जलवायु सम्बन्धी सम्मेलनमा उनले नेताहरू लक्षित एउटा आक्रोसपूर्ण मन्तव्य दिएकी थिइन्।

उनको भनाइ थियो: “खोक्रा शब्दहरूले तपाईँहरूले हाम्रो, मेरा सपनाहरू र मेरो बाल्यकाल चोर्नुभएको छ। हामीहरूले तपाईँहरूलाई हेरिरहेका छौँ।”

यस घोषणाबारे ट्विटरमा प्रतिक्रिया जनाउँदै यी अभियानकर्मीले भनेकी छन्: “वाह्, यो त विश्वास नै नलाग्ने कुरा भयो! निकै गर्वसाथ म यो खुसी फ्राइडेज फर फ्युचर अभियानका सबैजना सहित जलवायु परिवर्तनबारे जहाँतहीँ रहेर काम गर्नेहरूमा समर्पित गर्न चाहन्छु।”

टाइम म्यागेजिनले आफ्नो घोषणाबारे भनेको छ: “सामान्य रूपबाटै यस विश्वव्यापी अभियानको नेतृत्व गर्न आएकी उनी यो वर्ष विश्वले खेपिरहेको सबैभन्दा ठूलो मुद्दाको सबैभन्दा ठूलो स्वर बनेकी छन्।”

यद्यपि उनको सन्देशलाई महत्त्व नदिनेहरू समेत छन्। त्यसमा धेरैजसो अनुदारवादीहरू छन्। म्याड्रिडमा उनी बोल्नुअघि ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले उनलाई एकजना ‘समस्या सिर्जना गर्ने बच्चा’ भनेका थिए। टून्बेर्गले अमेजन जङ्गल क्षेत्रमा ब्राजिलका आदिवासीहरू मारिइरहेको बताएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ