भारतकी ९९ वर्षीया ‘योग हजुरआमा’ को निधन



भारतकी सबभन्दा धेरै उमेरकी योग शिक्षिका भी नानाम्मलको दक्षिणी राज्य तमिल नाडुस्थित कोइम्बतोर नगरमा आफ्नै घरमा निधन भएको छ।उनी ९९ वर्षकी थिइन्। केही महिना अघिसम्म पनि उनले दैनिक सयौँ विद्यार्थीहरूलाई योग सिकाइरहेकी थिइन्।

कृषक परिवारमा जन्मिएकी उनलाई उनको बुवाले योग सिकाएका थिए। उनले योगका ५० भन्दा धेरै आसनहरूमा महारथ हासिल गरिन्। उनले दश लाखभन्दा धेरैलाई योग सिकाइन्। उनका सयौँ विद्यार्थीहरू अहिले योग प्रशिक्षकका रूपमा विश्वभर कार्यरत छन्।

स्नेहपूर्ण रूपमा उनलाई ‘योग हजुरआमा’ भनिन्थ्यो। उनलाई भारतमा गैरसैनिकहरूलाई दिइने सबभन्दा उच्चमध्येको उपाधि पद्मश्रीबाट विभूषित गरिएको थियो।

पछिल्ला वर्षहरूमा उनी युट्युबमा प्रख्यात भएकी थिइन्। प्राय: गुलाबी रङ्गको सारी लगाउने उनले युट्युबमा कठिन लाग्ने योगासनहरूको प्रदर्शन गरिरहन्थिन्।

एक साताअघि उनी आफ्नो खाटबाट लडेकी थिइन्। त्यसपछि उनको स्वास्थ्य बिग्रँदै गएको उनका परिवारजनले बताएको पीटिआइ समाचार संस्थाले जनाएको छ।

सन् २०१७ मा बीबीसी न्यूजसँग बोल्दै नानाम्मलले आफ्नो स्वस्थ जीवनको मूल कारण आफ्नो दैनिक योगअभ्यास रहेको बताएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु

राजतन्त्रको भूमिकाबारे बहस माग गरेका थाई अभियानकर्मीलाई जेल

राजसंस्थाको सरंक्षण गर्ने कानूनको चर्को विरोधबीच थाईल्यान्डका एक चर्चित मानव अधिकारकर्मी आनोन नाम्पालाई

नाभाल्नीलाई १९ वर्ष जेल हाल्ने अदालतको फैसलाविरुद्धको अपील अमान्य घोषणा

रूसी अदालतले क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीलाई १९ वर्ष जेल हाल्ने अदालतको फैसलाविरुद्ध उनले

युक्रेनमा अमेरिकी अब्रामट्याङ्क ध्वस्त हुने क्रेमलिनको दाबी

क्रेमलिनले युक्रेनलाई आपूर्ति गरिएको अमेरिकी अब्राम्सट्याङ्कले आक्रमणको परिणाममा परिवर्तन नगर्ने तर रूसी आक्रमणका