म्यानमारको रखाइन राज्यमा विद्रोही समूहद्वारा ४० सुरक्षाकर्मी अपहरण



म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीलाई अपहरण गरी लगेका सेनाले जनाएको छ । सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी खटाएको छ ।

उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहेको छ । शनिबार विहान जातीय युद्ध लड्दै आएका विद्रोहीको एक नदीको किनारा लुकीबसेको एक समूहले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूलाई लगेको पुष्टि सैनिक प्रवक्ता जा मिनतुनले गरे ।

सेनाले अपहरणमा परेका सुरक्षाकर्मीको खोजीका लागि हेलीकोप्टर तथा स्थल अपरेसन तत्कालै गरेको भएपनि उनीहरूलाई अझै फिर्ता ल्याउन नसकिएको उनले बताए ।

यसबारे अराकन विद्रोहीसँग सम्पर्कका लागि प्रयास भएको भएपनि उनीहरू प्रतिक्रियाका लागि उपलब्ध हुनसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु

नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक

फ्रान्समा भएको विरोध प्रदर्शनका कारण बेलायतका राजा चाल्र्सको फ्रान्स भ्रमण स्थगित

अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको

लेबनानलाई वित्तीय सुधारलाई तीव्रता दिन आईएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको

राहुल गान्धीको सांसद पद खारेज

भारतमा कंग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यको पद खारेज गरिएको छ । लोकसभा