चीन विभाजन गर्ने खोजिए दमन गरिने सी जिन्पिङको चेतावनी



चीनका राष्ट्रपति सी जिन्पिङले हङ्‍कङमा जारी विरोधप्रदर्शनलाई सङ्केत गर्दै चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन्।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै बेला आइतवार सीले उक्त प्रतिक्रिया व्यक्त गरेका हुन्। सी आइतबार नेपालबाट स्वदेश फर्किसकेका छन्।

उनले चीन विभाजन गर्ने खोज्ने प्रयास “किचिएका शरीर र भाँचिएका हड्डीहरू” मा टुङ्गिने चेतावनी दिएका हुन्। आइतवार हङ्‌कङमा शान्तिपूर्ण र्‍यालीहरू निकालिएका भए पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपहरू भएका थिए।

चिनियाँ सरकारको पक्षमा भएको भन्ठानिएका सार्वजनिक यातायातका स्टेशन र पसलहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरी क्षति पुर्‍याएका थिए।

आइतवार दिउँसोसम्म हङ्‌कङ मेट्रो रेल सेवाका कम्तीमा २७ वटा स्टेशनहरू बन्द गरियो। प्रहरीले भने प्रदर्शनकारीप्रति ‘निकै कम बल’ प्रयोग गरिएको बताएको छ।

तर टेलिभिजनमा देखिएका दृश्यहरूमा सप्ताहान्तमा उपभोग्य सामान किन्न निस्किएका थुप्रै मानिसहरूले असहज अवस्था खेप्नुपरेको थियो।

एउटा शपिङ सेन्टरमा प्रहरी छिर्दा केही मानिसहरू अत्तालिँदै चिच्याएको देखिएको थियो। केही मानिस घाइते पनि भए। समाचारसंस्था रोएटर्सका अनुसार एउटा शपिङ् मलबाट नाराबाजी गर्दै समर्थकहरूले दङ्गा प्रहरीलाई बाहिर निकालिदिएका थिए।

अधिकारीहरूका अनुसार त्यहाँको एउटा प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरिएको थियो र एक प्रहरीलाई घाँटीमा चोट लागेको छ। तर उनको अवस्था अहिले स्थिर रहेको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ

बेलायतले शरणार्थीलाई अब सैन्य अखडामा राख्ने

बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल

आणविक हतियारको संख्यामा बृद्धि

एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख््यामा

‘कृत्रिम बौद्धिकताको व्यापकता’ रोक्न मस्कको आग्रह

अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली ‘कृत्रिम बौद्धिकता (एआई) को व्यापकता’ को