सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता हुने



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाद करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाई बाहिरिएको हो ।

आइतबार अमेरिकी रक्षा मन्त्री मार्क एस्परले भने, “राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नका लागि निर्देशन दिनुभएको छ ।” करिब एक हजार अमेरिकी सैनिकलाई सिरियाबाट फिर्ता बोलाउन लागिएको उनले बताए ।

सिरियाबाट एक हजारको हाराहारीमा सैनिक फिर्ता गरिन लागेको उनले फक्स न्यूजसँगको कुराकानीमा बताए । सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी सहयोगमा कुर्दहरूले टर्कीका साथै सिरियाली सरकारसँग प्रतिरोध गर्दै आएका थिए ।

सिरियाली कुर्दहरूलाई ‘आतङ्कवादी’ बताउने टर्कीले गत बुधबारदेखि हवाई आक्रमण चलाएको छ । सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति आलोचना गर्नेहरूले अमेरिकाले आफ्ना इमान्दार सहयोगीलाई त्याग्नु गलत भएको बताएका छन् ।

सिरियाली कुर्दहरूले पनि अमेरिकाले सहयोग नगरेर आफूहरूलाई बीचमा धोका दिन लागेको बताएका रिपोर्टहरू सञ्चारमाध्यमहरूमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा थप ४० हजारलाई कोरोना संक्रमण

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या स्थिर रहेको छ । पछिल्ला केही दिनदेखि

‘म अभिभावकलाई सन्तानसँग यौनबारे कुरा गर्न सिकाउँछु’

भारतका धेरै विद्यालयले यौन शिक्षा दिँदैनन् । आफ्ना बालबालिकाहरूलाई यौन र सम्बन्धका कुरा

इजरायली ट्याङ्करमा इरानको हमला

वेलायत र अमेरिकाले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित एउटा तेल ट्याङ्करमा दुई जनाको

म्यानमारमा सेनाले दुई वर्षमा नयाँ निर्वाचन गर्ने

म्यानमारको सैन्य समूहका प्रमुख नेता सन् २०२३ को अगस्टसम्ममा आपतकालीन अवस्था हटाई संसदीय