विदेशी सैनिकले सिरिया छोड्नुपर्ने पूटिनको माग



रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले गैरकानूनीरूपमा सिरियामा रहँदै आएका सबै विदेशी सैनिकले तत्काल सिरिया छोड्नुपर्ने बताएका छन् ।

सिरियामा विदेशी सेनाले गैरकानूनीरूपमा अखडा जमाउँदा यहाँका नागरिकले दोहोरो मार खेप्नुपरेको एक रूसी पत्रिकालाई दिइएको अन्तवार्तामा उनले बताएका हुन् ।

उनले सिरियाली भूमिमा रहेको विदेशी सैनिकलाई सङ्केत गर्दै भने, “कुनै पनि सार्वभौम भूमिमा गैरकानूनीरूपमा तैनाद गरिएका सबै विदेशी सैनिक फिर्ता गर्नुपर्छ । रूस यसमा कटिवद्ध छ ।”

सिरिया अन्य मुलुकको सैनिक उपस्थितिबाट स्वतन्त्र हुन चाहेमा स्वतन्त्र हुन दिनुपर्ने उनको भनाइ थियो । यसबारे आफूले टर्की, इरान तथा अमेरिकाका सहयोगी मुलुकहरूसँग खुलारूपमा छलफल गरिसकेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराँचीमा खाद्यान्न वितरणका क्रममा भएको भागदौडमा नौ महिलाको मृत्यु

कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा भएको भागदौडमा १२ जनाको मृत्यु भएको

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेका छन्

चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्री बीच भेटवार्ता

चीनका शीर्ष विधायक झाओ लेजीले बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन्

ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो हप्ता चीन भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा