काठमाडौंविरूद्व टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान रबि बोपाराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

 त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली दोस्रो क्वालिफायरमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।