आईसिसी लिग–२ मा नेपाल क्यानडासँग पराजित


काठमाडौँ । आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । ओमानमा भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो । महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो।

लिग २ को अन्तिम ६ भित्र समेटिन अब नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने दबाब बढेको छ ।  क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपालले २३२ रनमा अलआउट भयो  ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए। त्यस्तै आशिफ शेख २०, इशान पाण्डे २१, रोहित पौडेल १८, दीपेन्द्र सिंह ऐरी २७, गुल्शन झा २१ र करण केसी १७ रनमा अविजित रहे ।

त्यसअघि ओमानको अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा १० विकेटको क्षतिमा २ सय ५६ रन बनाएको थियो ।