काठमाडौँ । फिफा विश्वकपमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । टोरन्टोमा भएको खेलमा क्रोएसियाविरुद्ध २–१ गोल अन्तरले पोर्चुगलले जित निकालेको हो ।
बराबरीमा रहेको खेललाई गोन्कालो रामोसले इन्जुरी टाइममा गरेको गोलले पोर्चुगललाई अन्तिम १६ मा पुर्याएको हो । त्यसअघि, एक गोलले पछि परेको पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा बराबरी गोल फर्काएका थिए।
रोनाल्डोले पेनाल्टीमा बराबरी गोल गरेका थिए । क्रोएसियाका भ्लासिचले पवर्चुगलका रिकार्डो भेइगाको जर्सी तानेपनि भिएआरको सहयोको रेफ्रीले पोर्चुगललाई पेनाल्टी दिएका थिए ।
यस विश्वकपमा रोनाल्डोको यो तेस्रो गोल हो। यसअघि उनले समूह चरणमा उज्वेकिस्तान विरुद्धको खेलमा दुई गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३औं मिनेटमा क्रोएसियामा इभान पेरिसिचले गोल गरेका थिए ।

प्रतिक्रिया