काठमाडौं । फिफा विश्वकपअन्तर्गत अन्तिम ३२ को खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।
मंगलबार बिहान भएको खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । मोरक्को पेनाल्टिमा ३—२ अन्तरले विजयी भएको छ ।
खेलको ७२औं मिनेटमा नेदरल्यान्ड्सका कोडी गाक्पोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा इस्सा डियोपले चेम्स्दिन ताल्बीको पासमा गोल गर्दै मोरक्कोलाई १—१ को बराबरी बनाए ।
निर्धारित समय र अतिरिक्त समय १—१ को बराबरीमा सकिपछि पेनाल्टी सुटआउटबाट भएको हो । जहाँ मोरक्को २–३ ले विजयी भयो । मोरक्कोले अब अन्तिम १६ मा क्यानडासँग खेल्नेछ ।

प्रतिक्रिया