कोलम्बिया र डीआर कङ्गो नकआउट चरणमा


काठमाडौँ । फिफा विश्वकप फुटबलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्षस्थानमा रह्यो । मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुगेको हो ।

इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भयो । यो समूहबाट चार अङ्कसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कङ्गो नकआउट चरणमा पुग्न सफल भयो । डीआर कङ्गोले उज्बेकिस्तानमाथि ३–१ को पुनरागमन जित निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको हो ।

खेलको १०औँ मिनेटमा एल्डोर शोमुरोडोभको गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि ६८औँ मिनेटमा योवान विसाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

त्यसपछि ७८औँ मिनेटमा फिस्टन मायेलेले कङ्गोलाई अग्रता दिलाए भने इन्जुरी समयमा विसाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।