घानालाई पराजित गर्दै क्रोएसिया अन्तिम ३२ मा


काठमाडौँ । घानालाई पराजित गर्दे क्रोएसिया विश्वकपको समूहको उपविजेता बनेको छ । क्रोएसियाले घानालाई २–१ ले पराजित गरेको हो । क्रोएसियाका लागि पिटर सुसिकले खेलको ३१ औँ मिनेटमा गोल गरेका थिए । घानाका डोरिक लुकासेनले ७३ औँ मिनेटमा गोल गर्दै खेलललाई बराबरीमा ल्याए ।

क्रोएसियाका निकोला भ्लासिकले ८३ औँ मिनेटमा गोल गर्दै नतिजा २–१ मा ल्याए । यसअघि क्रोएसिया इंग्ल्याण्डसँग पराजित भएको थियो भने घानासँग १–१ को बराबरी खेलेको थियो ।

तालिकामा सात अंक पाए पनि गोल अन्तरका कारण क्रोएसिया उपविजेता बनेको हो । पानामा भने विश्वकपबाट बाहिरिएको छ । लगातार तेस्रो हार व्योहर्दै पानामा विश्वकपबाट बाहिरिएको हो ।