विश्वकप फुटबलमा इजिप्टद्वारा न्यूजिल्याण्ड पराजित


काठमाडौँ । फिफा विश्वकप फुटबलमा इजिप्टले न्यूजिल्याण्डलाई हराएको छ । न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको हो ।

सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो । इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एकएक गोल गरे । खेलमा पहिलो अग्रता न्यूजिल्यान्डले लिएको थियो ।

खेलको १५औं मिनेटमा फिन सम्र्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, न्यूजिल्यान्डले अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलमा ५८औं मिनेटमा जिकोले गोल गर्दै इजिप्टलाई बराबरीमा फर्काए । त्यसको ९ मिनेटपछि इजिप्टका कप्तान सलाहले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

८२औं मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको अग्रताको दुरी बढाए । बल पोजिसनदेखि सर्टसम्ममा इजिप्ट हाबी बन्यो ।