काठमाडौँ । फिफा विश्वकपअन्तर्गत समूह ‘एच’ को खेलमा केप भर्डे र उरुग्वेबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । मियामी स्टेडियममा भएको खेलमा दुवै टोलीले दुई–दुई गोल गरेका छन् । उरुग्वेले खेलको सुरुवातमै अग्रता लिएको थियो ।
केभिन पिनाले २१औँ मिनेटमा गोल गर्दै केप भर्डेलाई अघि बढाए पनि उरुग्वेले पहिलो हाफभित्रै खेल उल्ट्यायो । म्यानुएल अराउहोले ४४औँ मिनेटमा बराबरी गोल गरे । दोस्रो हाफमा केप भर्डेले आक्रामक खेल प्रदर्शन गर्दै ६१औँ मिनेटमा हेलियो भेरेलाको गोलमार्फत खेललाई पुनः बराबरीमा ल्यायो ।
यो नतिजासँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डेले २ खेलबाट समान २ अंक जोडेका छन् । उक्त समूहमा २ खेलबाट ४ अंक जोड्दै स्पेन शीर्ष स्थानमा छ । साउदी अरेबियाले एक अंक जोडेको छ ।

प्रतिक्रिया