नेपाली फाइटर रवीन्द्र ढाट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा


काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश गरेका छन् । रवीन्द्रले मकाओको ग्यालेक्सी एरिनामा बिहीबार सम्पन्न ब्यान्टमवेटको क्वार्टरफाइनलमा फिलिपिन्सका किमबर्ट एलिन्टोजोनलाई टेक्निकल नकआउट (टीकेओ)का आधारमा पराजित गरेका हुन् ।

खेल दोस्रो राउन्डसम्म पुगेको थियो । रवीन्द्र ‘रोड टु यूएफसी’मा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन् ।