आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल ओमानसँग पराजित


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल ओमानसँग पराजित भएको छ । डीएसएल नियमका आधारमा नेपाल १०२ रनले पराजित भएको हो ।

त्रिवि क्रिकेट मैदानमा बुधबार ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएको थियो । त्यसपछि खेल शुरू हुन नसकेपछि नेपाल पराजित भएको हो । नेपालका दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए ।

ओमानका नदीम खानले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो । घरेलु मैदानमा भइरहेको लिग–२ शृङ्खलाको पहिलो खेलमा गएको शनिवार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३७ रनले हराएको थियो ।