यूएईलाई पराजित गर्दै टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी


काठमाडौं । टी -२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा पहिलो इनिङ्समा ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनायो । उसका लागि अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाएका थिए। उक्त इनिङ्समा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए ।

दोस्रो इनिङ्समा ब्याटिङ गर्दै नेपालले जम्मा २ विकेट गुमाएर १६औँ ओभरमा लक्ष्य पूरा गरयो र खेल ८ विकेटले जित्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । शृङ्खलाको पहिलो खेलमा नेपाल सोमबार यूएईसँग पराजित भएको थियो।