महिला फुटबलका लागि मिनि रंगशाला


-बालेन साह

काठमाडौं । विगत केही वर्षदेखि महिला फुटबलले पाएको सफलता कसैमाझ लुकेको छैन । हामी काठमाडौ महानगर आएसँगै हाम्रो उद्देश्य कम्तीमा एउटा १२ महिना खेल्न मिल्ने सुबिधा सम्पन्न एउटा Training Ground बनाउने थियो । जग्गा प्राप्तीमा केही समय लाग्यो । काठमाडौ वडा नम्बर ५ ले सानो गौचरनको जग्गामा सहजीकरण गरेसँगै अहिले सानो गौचरन स्टेडियम (रंगशाला) को पुनःनिर्माणको काम धमाधम भइरहेको छ । २०८१ मंसिरमा पुनःनिर्माण सुरु भएको रंगशाला ०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौं । रंगशाला १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

हामी महानगरपालिकामा आएपछि विद्यालयको खेल मैदानदेखि यस्ता सार्वजनिक स्थानका खेल मैदानको स्तरोन्नतिमा ध्यान दिएका छौं । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान बन्ने छ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ ।

रंगशाला परिसरमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ राखिएको छ । स्टेडियमको भुइँतलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।