अन्तर्राष्ट्रिय तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण



काठमाडौँ । नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१औँ वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । सोहनले पुरुष २४ किलोमुनि तौल समूहमा र हृदयणीले महिला २९ किलोमुनि तौल समूहतर्फ स्वर्ण जितेको टोलीका प्रशिक्षक सरोज तामाङले जानकारी दिए ।

जापानको ओसाकामा यही वैशाख १२ गतेदेखि आजसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले थप एक रजत र दुई कास्य पदकसमेत जितेको छ । महिला ३४ किलोमुनि तौल समूहमा जोलिना बस्नेतले रजत जितिन् ।

त्यस्तै एकल पुम्सेतर्फ पुरुष १४ वर्षमुनि तौल समूहमा आश्रय उपाध्याय तथा १२ वर्षमुनि तौलमा सक्षम श्रेष्ठले कास्य हात पारे ।

प्रतियोगितामा १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । उनले यसै प्रतियोगिताको २०औँ संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसीसी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल

जितका थाइल्याण्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डले

‘पृतनापति ट्रफी’ मा श्री नं ४ बाहिनी अड्डा च्याम्पियन्स

कर्णाली । यही जेठ १ देखि ५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता

खेलकुदका नयाँ पूर्वाधार र निर्माणाधीन रङ्गशालाहरूलाई अपाङ्गमैत्री बनाइने

काठमाडौँ । युवा तथा खेदकुदमन्त्री तेजुलाल चौधरीले आगामी दिनमा अपाङ्गमैत्री रङ्गशालाको निर्माण गरिने