सभापति कप फुटबलमा सङ्कटाको विजयी सुरुवात



काठमाडौँ । राजधानीमा बिहीबारदेखि सुरु सभापति कप पुरुष फुटबल प्रतियोगितामा सङ्कटा क्लबले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटाको जितमा अबेक रिर्चडले दुई गोल गरे भने चन्दन दासले एक गोल गरे ।
खेलको २३औँ मिनेटमै रिचर्डले सङ्कटालाई सुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको ७०औँ मिनेटमा श्रीजन क्षेत्रीले चर्च ब्वाइजका कप्तान अनन्त तामाङलाई बिट गर्दै दिएको बललाई रिचर्डले नै जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७३औँ मिनेटमा चन्दन दासले गोल गरे ।
उक्त हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भोलि दिउँसो ३ बजे मछिन्द्र क्लब र विभागीय टोली एपिएफ कल्बबीच प्रतिस्पर्धा हुनेछ ।
नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले  २६ लाख तथा उपविजेता टोलीले  १३ लाख प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात दिन, सातै प्रदेश, सात म्याराथन सुरु

कास्की । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले

राष्ट्रिय जागृति क्लबलाई पराजित गर्दै युकेएफसी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

धरान । राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै युकेएफसी १५औँ अन्तर्राष्ट्रिय

नेपालको युवा टोली चीनको युनान युथसँग पराजित

काठमाडौं । नेपालको युवा टोली चीनको युनान युथसँग पराजित भएको छ । त्रिपुरेश्वरको

क्रिकेट टीमको मुख्य प्रशिक्षकका लागि आवेदन माग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकका लागि आवेदन