अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि बौदीकालीलाई



पाल्पा । अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । पाल्पाको निस्दी गाउँपालिकामा आयोजना भएको प्रतियोगिताको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३–० को सोझो सेटले हराउँदै बौदीकालीले उपाधि चुम्न सफल भएको छ ।

फाइनल खेलमा पहिलो, दोस्रो र तेस्रो सेट बौदीकालीले क्रमशः २५–२२, २५–१८ र २५–१४ जित्या । चापाकोट उपविजेता बन्दा घिरिङ गाउँपालिका तनहुँ तेस्रो भएको छ ।

निस्दी गाउँपालिकालाई २५–१३, २५–२२ र २८–२६ अङ्कसहित ३–० को सोझो सेटमा पराजित गर्दै घिरिङ तेस्रो भएको छ भने निस्दी गाउँपालिका चौथो भएको छ ।

उत्कृष्ट खेलाडी बौदीकाली गाउँपालिकाका विश्वास अधिकारी, उत्कृष्ट स्पाइकर बौदीकाली गाउँपालिकाका अशोक श्रेष्ठ, उत्कृष्ट सेटर बौदीकालीका दानबहादुर गाहा, उत्कृष्ट डिफेण्डर चापाकोट नगरपालिकाका राजन दर्लामी, उत्कृष्ट सर्भर घिरिङ गाउँपालिकाका सुजन राना, उत्कृष्ट ब्लकर चापाकोटका विवश थापा र उत्कृष्ट कोच बौदीकालीका सञ्जित सिञ्जाली घोषित भएका छन् ।

प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले विजेतालाई पुरस्कार वितरण गर्नुभयो । विजेता टोलीले रु एक लाख ३० हजार, दास्रो हुनेले रु ८० हजार, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका गरी छ समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि

नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन