धिर बुढालाई जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि



जुम्ला ।  जुम्ला रारा अल्ट्रा म्याराथन  प्रतियोगिता उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा कनकासुन्दरी गाउँपालिका– १ का धिर बुढा पहिलो भएको आयोजकले जनाएको छ ।
कर्णाली स्पोर्टस् क्लव जुम्लाद्वारा आयोजित पाँचौं संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथनमा दोस्रो स्थानमा तातोपानी गाउँपालिका–७ का दल कुवर भएका छन् भने कनकासुन्दरी–३ का शेरबहादुर बुढा तेस्रो र कनकासुन्दरी–२ का चन्द रावत चौथो भएको आयोजक क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
सोही दूरीको महिलातर्फको दौडमा भने खोटाङकी प्रिया राई पहिलो, जुम्लाको गुठिचौर गाउँपालिकी राज्यलक्ष्मी रावत दोस्रो, तिला गाउँपालिकाकी अनिता बुढा तेस्रो भइन् ।
पहिलो हुने धावकलाई  एक लाख, दोस्रो हुनेलाई   ७५ हजार, तेस्रो हुनेलाई ५० हजार, चौथो हुनेलाई  २० हजार र पाँचौँ हुनेलाई  २० हजारपुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।
म्याराथनमा स्वदेशी र विदेशी गरी ८० धावकहरु सहभागी थिए । जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमी, खुला पाँच किमी, बालबालिकास्तरीय एक किमी, विद्यालयस्तरीय पाँच किमी, ज्येष्ठ नागरिक, बुबाआमा दौड एक किमी, कर्मचारीस्तरीय पाँच किमी र उद्योग तथा व्यापारीस्तरीय पाँच किमी दौड प्रतियोगिता भएको  क्लबले जनाएको छ ।
विश्वभर खेल पर्यटनलाई चिनाउनका लागि र कर्णाली प्रदेशलाई खेलका माध्यमबाट परिचित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको कर्णाली स्पोर्टस् क्लबले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ