ट्रयाक एन्ड फिल्ड ओलम्पिकमा पुरस्कार रकम प्रदान गर्ने पहिलो खेल बन्दै



 

ओलम्पिकमा पुरस्कार राशि प्रस्ताव गर्ने ट्रयाक एन्ड फिल्ड पहिलो खेल बन्न लागेको छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले बुधबार पेरिसमा स्वर्ण पदक विजेतालाई ५० हजार अमेरिकी डलर प्रदान गर्ने बताएको छ ।

यो कदम ओलम्पिकमा विगतको एमेच्योर खेलको सबैभन्दा बढी हेरिने घटनामध्येको एउटा प्रतीकात्मक विराम हो । एथलेटिक्स सञ्चालन गर्ने उक्त संस्थाले यस वर्षको पेरिस ओलम्पिकका लागि ट्रयाक एन्ड फिल्ड कार्यक्रमको ४८ स्पर्धामा स्वर्ण पदक विजेताहरूलाई प्रदान गर्नका लागि २४ लाख डलर विनियोजन गरेको बताएको छ ।

रिले खेलका खेलाडीहरूले ५० हजार डलर आपसमा बाँड्ने छन् । रजत र कास्य पदक विजेताहरूका लागि लस एन्जलसमा सन् २०२८ आयोजना हुने ओलम्पिकमा भुक्तानी सुरु गरिने योजना छ ।

अन्तर्राष्ट्रिय एथलेटिक्सका अध्यक्ष सेबेस्टिएन कोएले पत्रकारहरूसँग भने, “यो कदम भनेको हामीले प्राप्त गर्ने राजस्व हिस्सा ठूलो हिस्सामा छ भनेर पहिचान गर्नु हो किनकी हाम्रा खेलाडीहरू प्रतियोगिताका ‘स्टार’ हुन् ।” अन्तर्राष्ट्रिय ओलम्मिक समिति (आइओसी) ले प्रदान गर्ने ओलम्पिक राजस्वको हिस्साबाट पुरस्कार राशि आउने छ ।

यद्यपि यो कदमले पेरिस खेलहरूअघि ओलम्पिक आन्दोलनमा शक्ति सन्तुलनलाई खल्बल्याउन सक्छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले आफ्नो घोषणा प्रकाशन गर्नुभन्दा केहीअघि बुधबार बिहानमात्र आइओसीलाई आफ्नो मनसायका बारेमा ‘चेतावनी सन्देश’ दिएको कोएले बताए ।

जवाफमा आइओसीले ओलम्पिक राजस्वको आफ्नो हिस्सा कसरी खर्च गर्ने भनेर निर्णय गर्न प्रत्येक खेलका सञ्चालक निकायमा निर्भर हुने बताएको छ ।

“आइओसीले आफ्नो सबै आम्दानीको ९० प्रतिशत विशेषरूपमा राष्ट्रिय ओलम्पिक समितिहरू (एनओसी) र अन्तर्राष्ट्रिय महासङ्घहरू (आइएफ) लाई पुनरवितरण गर्दछ”, आइओसीले भनेको छ, “यसको अर्थ प्रत्येक दिन ४२ लाख डलरबराबरको रकम विश्वभरका सबै स्तरमा खेलाडी र खेल सङ्गठनहरूको सहयोगका लागि जान्छ, आफ्ना खेलाडीलाई कसरी उत्कृष्ट सेवा दिने र उनीहरूको खेलको वैश्विक विकास कसरी गर्ने भन्ने कुरा प्रत्येक आइएफ र एनओसीमा निर्भर छ ।”

आधुकि ओलम्पिक प्रतियोगिताको सुरुआत एमेच्योर खेल आयोजनाका रूपमा भएको थियो र आइओसीले पुरस्कार राशि प्रदान गर्दैन । यद्यपि धेरै पदक विजेताहरूले आफ्नो मुलुकको सरकार, राष्ट्रिय खेल निकायहरू वा प्रायोजकहरूबाट भुक्तानी प्राप्त गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि

नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन