बागलुङको गलकोटमा नयाँ वर्षमा पानीमा भलिबल प्रतियोगिता हुने



गलकोट (बागलुङ) । नयाँ वर्षमा बागलुङको गलकोटमा पानीमा भलिबल प्रतियोगिता हुने भएको छ । विदेशमा सामुद्रिक किनार या पौडी पोखरीमा भलिबल खेले पनि नेपालमा नयाँ अभ्यासका रुपमा बागलुङको गलकोटमा तीन वर्षदेखि पानीमा भलिबल (वाटर भलिबल गेम) प्रतियोगिता आयोजना हुँदै आएको छ ।

गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको हो । रिसोर्टमा रहेको पौडी पोखरी (स्विमिङ पुल)मा भलिबल खेलको प्रतियोगिता नयाँ वर्षका अवसरमा आयोजना गरिएको छ । यही चैत ३० गते र आगामी वैशाख १ गते पानीमा भलिबल प्रतियोगिता आयोजना गरिएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टका सञ्चालक हुम थापाले बताए ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा १६ भलिबल समूह सहभागी हुनेछन् । उक्त भलिबल भने पुरुष मात्रै खेल्न सक्नेछन् । “झन्डै १५÷१६ समूहले प्रतिस्पर्धामा भाग लिने अनुमान छ, गुल्मी, ढोरपाटन र बडीगाडसम्मका खेलाडी समूह सम्पर्कमा आएका छन्”, सञ्चालक थापाले भने, “खेलको प्रवद्र्धनसँगै गलकोटलाई नयाँ ढङ्गबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता राखिएको हो, उनले आफ्नो रिसोर्टमा पर्यटकलाई आकर्षण गर्न र भलिबललाई फरक ढङ्गले चिनाउन प्रतियोगिता आयोजना गरिएको हो ।”

नेपालमै पानीमा भलिबल प्रतियोगिता नौलो भएको उनको भनाइ छ । भलिबलको अन्तर्राष्ट्रिय नियमअनुसार नै पानीमा भलिबल खेल्न सकिने उनको भनाइ छ । पानीमा भलिबल खेल्नका लागि भलिबल कोर्ट सरहकै पौडीपोखरी आवश्यक रहेको हुन्छ ।

उक्त रिसोर्टमा भलिबल कोर्ट सरहकै पौडी पोखरी रहेकाले लगातार तीन वर्षदेखि प्रतियोगिता आयोजना गरिएको थापाको भनाइ छ । यस पटक पानीमा भलिबल खेलेर प्रथम हुनेले रु २५ हजार राशिको पुरस्कार प्राप्त गर्नेछन् । यस प्रतियोगिताबाट नयाँ अनुभव, सिकाइ र पानीमा खेलिने भलिबलको सम्भावना पहिल्याउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ । रिसोर्ट परिसरमा रहेको २० मिटर लामो पौडी पोखरीमा खेल हुनेछ ।

एक समूहबाट चार खेलाडी प्रतिस्पर्धामा उत्र्नेछन् । खेल लिग प्रणालीबाट खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टोलीले रु २५ हजारसहित कप र मेडल तथा दोस्रोले रु १२ हजारसहित मेडल पुरस्कार पाउने छन् । टोली दर्ता शुल्क रु दुई हजार राखिएको छ ।

तीन वर्षदेखि लगातार भइरहको भलिबल हेर्न दुई हजार दर्शक रिसोर्टमा आउने अपेक्षा गरिएको छ । यस्तै नयाँ वर्षको अवसरमा पानीमा भलिबलसँगै घैटोफोर प्रतियोगिता र माछा छोप्ने प्रतियोगितासमेत राखिएको छ । पानीमाथि खेल्ने भलिबल प्रतियोगितामा पहिलो वर्ष १७ समूह, दोस्रो वर्ष १३ समूह सहभागी भएका थिएभने अहिले १५ समूहभन्दा बढी समूह सहभागी हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल

पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि