आईपीएलमा बेंग्लोरसँग पन्जाब पराजित



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले पन्जाबविरुद्ध ४ विकेटको जित निकालेको छ ।

बेंगलुरुको एम चेन्नास्वामीमा पन्जाबले दिएको एक सय ७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बांकी छँदै ६ वकेट गुमाएर पुरा गर्यो । बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७७ रनको पारी खेले । त्यस्तै, दिनेश कार्तिकले २८ र महिपाल लोम्रोर १७ रनमा अविजित रहे ।

पन्जाबका लागि हरप्रित ब्रार र काशिगो राबाडाले दुई/दुई तथा हर्ष पटेल र साम कुरानले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए । प्रभ सिमरन सिंहले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।

जितेश शर्माले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । शंशाक सिंहले ८ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । साम करनले १७बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए ।

बेंग्लोरका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान दुई÷दुई तथा अल्जारी जोसेप र यस दयालले समान एक÷एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि

एशिया कप ट्रायथलनमा इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की । पोखरामा शनिबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज