आयरल्याण्डले नेपाललाई दियो एक सय २२ रनको चुनौती



काठमाडौँ । आयरल्याण्ड ‘ए’ टोलीले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि एक सय २२ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनायो ।
आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाएका हुन् । त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६÷१६ रन जोडे ।
म्याथ्युले १३ बलमा एक छक्का प्रहार गर्दै १६ रन जोडे भने लियामले सात बलमा दुई चौका र एक छक्काको सहयोगमा १६ रन बनाए । फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई÷दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि

एशिया कप ट्रायथलनमा इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की । पोखरामा शनिबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज