दीपक र सन्तोषीले जिते राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि



काठमाडौं । नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा स्वर्ण जितेका छन् । दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन् ।

एसियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता दीपकले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे । साग स्वर्णधारी (५ हजार मिटर दौड) एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्ड समयमा दोश्रो तथा पर्वतका तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्ड समयमा तेश्रो भए ।

आर्मीका नरेन्द्र रावल चौथो र आर्मीकै खडकबहादुर खड्का पाँचौं स्थानमा रहे । साग स्वर्ण विजेता (१० हजार मिटर दौड) र ढाका म्याराथन (४२.१९५ किलोमिटर) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १ घण्टा २० मिनेट १९ सेकेन्ड समय लगाइन् ।

१ घण्टा २१ मिनेट ५६ सेकेन्डमा नेपाल प्रहरीकी राममाया बुढा दोश्रो तथा १ घण्टा २३ मिनेट ०२ सेकेन्डमा ढाका म्याराथनकी स्वर्ण विजेता एपीएफकी पुष्पा भण्डारी तेश्रो बने ।

आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले चौथो तथा एपीएफकी फुलमती रानाले पाँचौं स्थानमा दौड टुंगाए । पुरुष–महिला दुवैमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाए । नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका खेलाडीको वर्चस्व रह्यो ।

पाँचौं स्थानसम्म आउने खोलडीलाई निर्धारण गरिएको नगद पुरस्कार आर्मीका खेलाडीले हात पारे । मुकेशबहादुर पालले ३१ मिनेट १८.५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए । सञ्जय श्रेष्ठ (३१ मिनेट २४.१४ सेकेन्ड) दोश्रो तथा राजेन्द्र राई (३१ मिनेट ३४.३८ सेकेन्ड) तेश्रो भए । सुवास कार्की चौथो तथा श्रीकाश राई पाँचौं भए ।

पहिलोदेखि पाँचौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।महिला खुला ५ किलोमिटर दूरी २१ मिनेट ३० सेकेन्डमा पूरा गरेकी आर्मीकी सृजना पाण्डेय पहिलो भइन् । प्रहरीकी राजपुरा पछाईं (२१ मिनेट ३८ सेकेन्ड) दोश्रो तथा आर्मीकी निर्मला केसी (२२ मिनेट ३० सेकेन्ड) तेश्रो बने ।

एपीएफकी आशा रावत चौथो तथा प्रहरीकी सुमित्राकुमारी चौधरी पाँचौ भए । विद्यालयतर्फ कक्षा १२ सम्मको पुरुष ५ किलोमिटरमा विश्वराम कुँवर पहिलो, बादल कार्की दोश्रो, विकेश घिमिरे तेश्रो, कृष्ण परियार चौथो र आशेषकुमार क्षेत्री पाँचौं भए । विद्यालयतर्फ नै कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा कल्पना बुढा, अस्मिता भुजेल, अमिशा राई, आयुष्मा आचार्य र सम्झना राई क्रमशः शीर्ष पाँच स्थानमा रहे ।

ह्व्लिचेयरको पुरुष ३ किलोमिटरमा रामकाजी मिजार प्रथम, रमेश खत्री द्वितीय, प्रेमबहादुर विक तृतीय, दीपक आले मगर चौथो र विष्णुपुकार श्रेष्ठ पाँचौं बने । सोही स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमालले स्वर्ण, यामी झाक्री मगरले रजत र रजनी राईले कांस्य जित्दा पेमा छोक्पा गुरुङ चौथो र बविता थापा पाँचौं स्थानमा रहे ।

महिला खुला ५ किलोमिटर, विद्यालयतर्फ पुरुष ५ किलोमिटर र पुरुष÷महिला ह्व्लिचेयरका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रोले १५ हजार नगद पुरस्कार जिते । चौथोले १० हजार र पाँचौंले ५ हजार नगद पुरस्कार हासिल गरे । विद्यालयतर्फ महिला ३ किलोमिटरमा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार हात पारे ।

विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, विश्व भेटेरिनरी एसोसिएनका अध्यक्ष राफेल लागुइन, आयोजक संघका अध्यक्ष डा. रामकृष्ण खतिवडा, राइट टु प्रोटिनका संयोजक डा. सितलकाजी श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

समापनका अवसरमा विश्व भेटेरिनरी संघका अध्यक्ष राफलले नेपाल भेटेरिनरी संघलाई वर्ष २०२३ को अवार्डसहित ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरेका थिए । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनका लागि जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको तेश्रो संस्करणमा ७ हजार बढी प्रतिस्पर्धीको सहभागिता रहेको आयोजकले जनाएको छ । ८ विधामा भएको दौडको कुल पुरस्कार राशी कर बाहेक ११ लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ ।

युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को मुख्य प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको दौडलाई पशु सेवा विभाग र नेपाल दाना उद्योग संघअन्तर्गतका दाना उद्योगीहरुको विशेष सहयोग गरेको आयोजकले जनाएको छ । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि

एशिया कप ट्रायथलनमा इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की । पोखरामा शनिबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज