प्रदीप खड्कालाई खुला लनटेनिसमा पुरुष एकलतर्फको उपाधि



 

काठमाडौँ । नेपाल एपिएफ क्लबको आयोजनामा भएको १२ औँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि प्रदीप खड्काले जितेका छन् ।

हल्चोकस्थित नेपाल एपिएफ क्लबको लन टेनिस कोर्टमा शुक्रबार भएको फाइन खेलमा प्रदीपले रितिक रानालाई ६–४, ३–६ र ६–० ले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् । सोही विधाको महिलातर्फको खेलमा अभिलासा विष्टले उपाधि जितिन् । उनले माहिका राणालाई ६–२ र ६–४ ले पराजित गरी उपाधि जितेकी हुन् ।

त्यसैगरी मिक्स डबलमा रितिक राना र अभिलाषा विष्टको जोडीले प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६–४, २–६ र १०–६ ले पराजित गरी उपाधि जित्न सफल भए । ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भीष्मजङ्ग गुरुङलाई ६–३ र ६–० ले र ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ इलुम दिक्षित र जितेन्द्र परियारको जोडीले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडीलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि हात पारे ।

४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले र ४५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ कमलबहादुर भण्डारी र उत्तम शेर्पाको जोडीले देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ६–३ र ७–५ ले पराजित गरी उपाधि जितेका छन् ।

यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा विमल वाइबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले र ५५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ विमल वाइबा र हिमाल शाहको जोडीले कमल थापा र छम्बा ढुण्डुपको जोडीलाई ६–३ र ६–४ ले पराजित गरी उपाधि जितेका छन् ।

त्यस्तै ६५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा कमल थापाले मनोज राणालाई ४–१ र ४–२ ले र इन्टर गभरमेन्ट डबलतर्फ उत्तम बोगटी र अमित गुरुङको जोडिले विक्रम गुरुङ र चन्द्रबहादुर थापाको जोडीलाई ६–२, २–६ र १०–७ ले पराजित गरी उपाधि जितेका छन् ।

विजेता खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कार प्रदान गरे । उनले खेलकुदले सङ्गठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताए । खेल प्रतिभामा निखारपन ल्याउन यस्ता प्रतियोगिता फलदायी रहने महानिरिक्षक अर्यालले विश्वास व्यक्त गरे ।

यही चैत ४ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न ११  विधामा प्रतिस्पर्धा गरिएको थियो । एक सय ६२ जना खेलाडी प्रतिस्पर्धामा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि

एशिया कप ट्रायथलनमा इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की । पोखरामा शनिबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज