आयरल्यान्डविरुद्धको खेलका लागि ४० खेलाडी प्रारम्भिक टोलीमा



 

काठमाडौँ ।  आयरल्यान्डको टीम ‘ए’विरुद्ध हुने खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार ४० जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ ।

नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग तीन एक दिवसीय र तीन ट्वान्टी–२० खेल खेल्नेछ । जसका लागि छनोटमा परेका ४० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा देव खनालसहित विनोद भण्डारी, आरिफ शेख, हरिशङ्कर साह, रित गौतम, पवन सर्राफ, अर्जुन साउद, नरेन भट्ट, दिलीप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री र श्याम ढकाल (मौसम) छन् ।

त्यसैगरी रञ्जित कुमार, विकास आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मायन यादव, अर्जुन कुमाल, रुपेश सिंह, साहब आलम, अर्जुन घर्ती, शेर मल्ल, दीपेश कँडेल तथा रिजन ढकाल समावेश छन् ।

त्यस्तै आकाश चन्द, कमलसिंह ऐरी, किरण ठगुन्ना, सुजन थपलिया, रासिद खान, दिनेश अधिकारी, सागर ढकाल, दीपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी र नरबहादुर सार्की छन् ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच यही चैत १३, १६ र १८ गते ट्वान्टी ट्वान्टी खेल हुनेछ भने त्यस्तै चैत २१, २३ र २५ गते एकदिवसीय खेल हुनेछ । त्यसअघि आयरल्यान्ड ‘ए’ टोलीले नेपालको सिनियर टोलीसँग यही चैत ११ र १२ गते ट्वान्टी ट्वान्टी खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि

एशिया कप ट्रायथलनमा इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की । पोखरामा शनिबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज