नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै



काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।  नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् । आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चले सरकारलाई भन्यो-शिक्षकका संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने वातावरण मिलाउनु

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ

उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चिनियाँ प्रशिक्षक नेपालमा

काठमाडौँ । नेपाल उसु महासङ्घको आयोजनामा काठमाडौंमा जारी सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा

मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई

राजविराज । राजविराजमा बिहीबार सम्पन्न तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि

सडकमा सर्वसाधारणलाई अमानवीय तरिकाले कुटपिट गर्ने चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु

काठमाडौं । एक व्यक्तिमाथि कुटपिट गर्ने चार जना ट्राफिक प्रहरीमाथि अनुसन्धान सुरु गरेको