एपिएफ झापा गोल्डकपको फाइनलमा



 

झापा । झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलेका थिए । खेलको ४२औंँ मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपिएफका अनिश महर्जनले गोल गर्न सकेनन् । खेलको ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो । खेलको ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार फितलो भयो ।

खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । उनले ११ हजार पुरस्कार प्राप्त गरे । शनिबार चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको फाइनल खेल यही फागुन २८ गते हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित नेपालका १० टोलीको सहभागिता छ । प्रतियोगिताका विजेतालाई  १३ लाख नगद पुरस्कारसहित ट्रफी र उपविजेतालाई सात लाख प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पथरी शनिश्चरेमा फुटवल खेलाडी उत्पादन गरिँदै

मोरङ । मोरङको पथरीशनिश्चरे नगरका दुई वडाले स्थानीय रुपमा फुटबल खेलाडी उत्पादन गर्ने

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत

ललितपुर सिटी नेपाल सुपर लिगको फाइनलमा

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै

भोजपुर । प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप